१ अर्बको नेपाल स्टार्अप कोष खडा गर्ने सरकारको घोषणा

होमल्याण्ड खबर

२०८१ जेष्ठ १५ गते, मंगलवार १५:५४ मा प्रकाशित

युवाहरूलाई उद्यममा आकर्षीत गर्न स्टार्अप र नर्वप्रवर्धनको इकोसिस्टम प्रवर्धन गरि उद्यमशिलताको वातावरण सिर्जना गर्ने बताएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।

उनले स्टार्अप उद्यमीलाई सहजीकरण र नियमन गर्न स्टार्अप वोर्डको गणन गर्ने पनि बताए । उनीहरूको वित्तिय आवश्यक्ता सम्बोधन गर्न रु १ अर्बको नेपाल स्टार्अप कोषा खडा गर्नेगरी बजेट तयार पारेको बताए । प्रत्येक प्रदेशमा विजनेस इनोभेसन सेन्टर बनाउने उनले बताए ।