राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु ८७ करोड विनियोजन

होमल्याण्ड खबर

२०८१ जेष्ठ १५ गते, मंगलवार १६:११ मा प्रकाशित

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु ८७ करोड विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।

यस्तै उनले सार्वजनिक विद्यालय रूपान्तरण कार्यक्रम मार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम सन्चालन गर्ने पनि बताए । यसले विद्यागर्थीको सिकाई र शैक्षिक नेतृत्वमा विकास हुने बताए ।