स्वास्थ्य मन्त्रालयको बजेट ८६ अर्ब २४ करोड

होमल्याण्ड खबर

२०८१ जेष्ठ १५ गते, मंगलवार १६:२३ मा प्रकाशित

काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।

उनले वैकल्पिक उपचार पद्धतीका लागि रू २४ करोड विनियोजन गरिएको पनि बताए ।

ःभककबनभ धष्िि मष्कबउउभबच ष्लस् द्दघज