१३ मंसिर २०८१, बिहीबार
गर्मी बढेपछि रौतहटमा विद्यालय बन्द गरिएका छन् । लगातार गर्मी बढेपछि रौतहटमा सामुदायिक तथा निजी विद्यालय बन्द गरिएका हुन् ।
अत्यधिक गर्मी बढेपछि विद्यालयमा विद्यार्थी समेत आउन छाडेपछि २ दिनका लागि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जनाएको छ । तर जिल्लामा रहेका केही निजी विद्यालय भने सञ्चालन रहेका छन् ।
गर्मीले छात्रछात्राहरू कक्षा कोठामै मुर्छित हुन थाले पछि इकाईले जिल्लाका ८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयलाई वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न परिपत्र गरेको थियो ।
त्यसपछि पालिकाहरूले विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेका हुन् ।