हुसेन हत्या काण्डः आफन्तद्वारा शव सहित सडक प्रर्दशन

होमल्याण्ड खबर

२०७५ मंसिर ५ गते, बुधबार १५:४० मा प्रकाशित

सुनसरीको दुहबीमा अज्ञात समूहले स्थानीय बाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको बुधबार बिहान गोली हानी हत्या गरेको विरोधमा स्थानीय र आफन्तद्वारा शव सहित सडक प्रर्दशन गरेका छन् ।

विरोधमा उत्रेका उनीहरुले विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने मागसमेत गरेका छन् ।

प्रदर्शनका कारण विराटनगर इटहरी खण्डमा आवागमन बन्द भएको छ ।

प्रहरीले भने हत्यामा संलग्न रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।