१३ मंसिर २०८१, बिहीबार
नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय प्राथमिकतामा रहेको जाजरकोट–डोल्पा–दुनै सडकमा मंगलबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ट्रयाक एवं यातायात सञ्चालनको शुभारम्भ गरेका छन् । डोल्पा जिल्लाको त्रिपुराकोट छलगाड चौरमा भएको कार्यक्रममा उनले यातायात शुभारम्भ गरेका हुन् ।
डोल्पा जिल्लालाई पहिलो पटक सडक सञ्जालमा जोड्ने ११७.७७ किमि सडकको निर्माण कार्य नपाली सेनाले ०६६ फाल्गुन २७ गतेबाट सुरु गरेको थियो । सडक आयोजना उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलगायत नेपाली सेनाका उच्च अधिकारीहरुको उपस्थिति थियो ।