१२ मंसिर २०८१, बुधबार
गोरखामा बोलेरो जीप र स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। आइतबार गोरखा नगरपालिका – १० को १४ किलोमा सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बोलेरो जीप र विपरीत दिशाबाट आउदै गरेको स्कुटर ठोकिदाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक उज्जल सिंहले जानकारी दिए।
उनका अनुसार प्रदेश ३ – ०१ – ०२३ च ५७१७ नम्बरको बोलेरो र ग २३ प ७१४ नम्बरको स्कुटर ठोकिँदा स्कुटरमा सवार तनुहँ आँबुखैरनी गाउँपालिका – ३ बस्ने ३३ वर्षीय युवराज गुरुङ र स्कुटरको पछाडी सवार आँबुखैरनीको ३ का शिवमगर गम्भीर घाइते भएका छन्।
स्कुटर चालकको टाउकोमा गम्भीर चोट लागेको छ भने अर्का घाइतेको खुट्टामा चोट छ।
घाइतेलाई १२ किलो चौकी र स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बोलेरो जीप चालक चितवन खैरनी गाउँपालिका – ७ बस्ने दिपक शाहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धन सुरु गरेको छ।