९ मंसिर २०८१, आईतवार
ओप्पो एथ्रीएस ओप्पोले लोकप्रिय स्मार्टफोन एथ्रीएस (थ्रीजीबी)को मूल्यमा १ हजार ९ सय रुपैयाँ कटौती गरेको छ । मध्य सेप्टेम्बरमा २६ हजार ४ सय ९० रुपैयाँ तोकी सार्वजनिक गरिएको उक्त फोन अब २४ हजार ५ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ ।
सुपर फुलस्क्रिनसहित सार्वजनिक गरिएको एथ्रीएस, ए सिरिज अन्तर्गतकै पहिलो उपकरण हो । एथ्रीएस दक्षिण एसियामै १३+२ एमपी डुअल रियर क्यामेरासहित सार्वजनिक ओपोको पहिलो फोन हो ।
फोनको १३ एमपी क्यामेरामा एफ–२.२ एपर्चर तथा २ एमपी क्यामेरामा एफ–२.४एपर्चर (सेन्सर एलईडी फ्ल्यास सहित) र सेल्फी तथा भिडियो च्याटका लागि एआई ब्युटि प्रविधि तथा एफ–२.२ एपर्चरसहितको ८ एमपी क्षमताको फ्रन्ट क्यामेरा जडान गरिएको छ । ३ जीबी र्याम र ३२ जीबी रोम, क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोसेसर र ४ हजार २ सय ३० एमएएच ब्याट्रि जडित फोन हो ।२४ हजार ५ सयमा