९ मंसिर २०८१, आईतवार
आईसीसी टी २० विश्वकपमा वेष्टइण्डिज लगातार तेस्रो जीत हासिल गर्दै सुपर ८ मा प्रवेश गरेको छ ।
समूह सी मा रहेको वेष्टइण्डिजले न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै सुपर ८ मा स्थान पक्का गरेको हो ।
न्युजिल्याण्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
१ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । उसको दोस्रो खेलमा पनि न्युजिल्याण्ड पराजित भएको छ ।
न्युजिल्याण्ड पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।
सुपर ८ मा स्थान बनाउने वेस्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।