१२ मंसिर २०८१, बुधबार
एजेन्सी । दिल्लीको राउज एभिन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाएको छ । मुख्यमन्त्री केजरीवालको जमानत याचिकामा बुधबार तिहाड जेलबाट भिडियो कन्फरेन्समार्फत सुनुवाइ भएको थियो ।
अरविन्द केजरीवालले सम्पत्ति शुद्धिकरण ऐन (पीएमएलए) उल्लङ्घन गरेको बलियो प्रमाण भएको अनि यसमा सरकारी साक्षी मात्र नभइ साक्षीको बयान र अन्य प्रमाणहरू पनि समावेश रहेको आफूहरूले अदालतमा बताएको अतिरिक्त सोलिसिटर जनरल एसभी राजुले भनेका छन् । मार्चमा केजरीवाल पक्राउ परेको समयमा ईडीले केजरीवाल रक्सी घोटाला मामिलामा मुख्य षड्यन्त्रकारी भएको बताएको थियो ।
ईडीले केजरीवालमाथि १ अर्ब भारु मागेको आरोप लगाएको छ । तर, यो आरोपमा केजरीवालका वकिल गुप्ताले चाँहि ईडीबलाई नै सोध्नुपर्ने बताएका थिए । केजरीवाल लोक सभाको चुनाव अघि पक्राउ परेका थिए । तर, सर्वोच्च अदालतले मे महिनामा चुनावी प्रचारका लागि केजरीवाललाई केही हप्ताको अन्तरिम जमानत दिएको थियो ।