९ मंसिर २०८१, आईतवार
आइतबार एकैदिन सुनको मुल्य तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ ।
यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो । जेठ २५ गते सुनको मुल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको मुल्य तोलामा ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा झरेको छ ।