निलम्बित मुख्य सचिव अर्याल राष्ट्रिय योजना आयोगको जगेडामा सरुवा

होमल्याण्ड खबर

२०८१ असार ११ गते, सोमबार ११:४० मा प्रकाशित

सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले अर्याललाई योजना आयोगको विशेष पद सिर्जना गरेर सरुवा गरिएको जानकारी दिए । अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।