१३ मंसिर २०८१, बिहीबार
धेरै समय नृत्य गरेर विश्व रेकर्ड कायम गर्न धनकुटाकी बन्दना नेपाल यतिबेला तीन दिनदेखि नृत्य गरिरहेकी छिन् । १७ वर्षिया नेपाल यही मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित विग फुडल्याण्डमा नृत्य गरिरहेकी छिन् ।
बाल्यकालदेखि नै नृत्य गर्न रुचाउने बन्दनाले भारतबाट समेत नृत्य प्रशिक्षण लिइसकेकी छिन् । हाल उनी चेल्सी इन्टरनेशनल कलेजमा प्लस टुमा अध्ययनरत छिन् । नेपालको कला संस्कृतिलाई विश्वसामु चिनाउन बन्दनाले सबैभन्दा लामो समय नृत्य गरेर विश्व रेकर्ड राख्न चाहेको बन्दना नेपाल फाउण्डेसनका संयोजक सन्तोष लामाले बताए ।
भारतस्थित केरलाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर विश्व रेकर्ड कायम गरेकी छिन् । उनले २०१६ मा उक्त रेकर्ड राखेकी हुन् । उनको रेकर्डलाई तोड्न बन्दनाले १२६ अर्थात् लगातार पाँच दिन नृत्य गर्नेछिन् ।