९ मंसिर २०८१, आईतवार
नेप्सेको अनलाइन प्रणालीमा समस्या देखिएपछि लगानीकर्ताले विरोध प्रदर्शन गरेका छन् । करिब २ सय लगानीकर्ताले नेप्से कार्यालयमा नाराबाजी गर्दै कन्फिडेन्स नभएसम्म अनलाइन प्रणाली लागु नगर्न पनि माग राखेका छन् ।
अर्थमन्त्री युवराज खतिवडालाई समेत अनलाइनमा देखिएको समस्या वा कमजोरी थाहा नभएको आरोप लगानीकर्ताले लगाएका छन् । हतारमा उद्घाटन गरेर अनलाइन प्रणाली लागु गर्दा अर्बौं रकम गुमेको गुनासो लगानीकर्ताको छ ।
अनलाइनमा आएको समस्याबारे तत्काल लगानीकर्तालाई जानकारी गराउन नेप्सेलाई उनीहरुले आग्रह गरेका छन् ।
यसैबीच, नेप्से र अनलाइन प्रणाली निर्माता कम्पनी वाइकोबीच वार्ता सुरु भएको छ । दुईपक्षीय बैठकले लगानीकर्तालाई युजरनेम र पासवर्ड कहिले उपलब्ध गराउने भन्ने मिति तय गर्नेछ ।