९ मंसिर २०८१, आईतवार
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका तर्फबाट नायव कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
सो बैंक अस्योरेन्स सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरूले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६२ भन्दा बढी शाखामार्फत सेवाप्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरू बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजीवन योजनालगायतका बिमा योजना ल्याएको छ ।