११ मंसिर २०८१, मंगलवार
शौर्य एयरलाइसको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आर्टीफीकेशन प्रणालीबाट गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा आर्टीफीकेशन प्रणालीबाट शवको पोस्टमार्टम गर्न लागिएको छ ।
दुर्घटनामा १७ जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । करिब १० वर्षीय बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र ओमानका नागरिक आरिफ रेडा छन् ।