विमान दुर्घटनामा घाइते पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

होमल्याण्ड खबर

२०८१ श्रावण १० गते, बिहीबार १४:१२ मा प्रकाशित

सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

बुधबार विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुई चालक दलका सदस्यसहित जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने जीवितै उद्धार गरिएको थियो ।

उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो । पाइलट शाक्यको ढाडको हड्डी दुई ठाउँमा भाँचिएको बताइएको छ । अहिले उनलाई केएमसीको न्युरो सर्जरी आइसियुमा राखिएको छ ।

बुधबारसाँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइलट शाक्यलाई भेट गरेर उनको स्वास्थ्य अवस्था ’bout जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएका थिए । उनले शाक्यका परिवारसँग समेत भेट गरेका थिए ।