९ मंसिर २०८१, आईतवार
एशीयाली विकास बैंक (एडीबी)ले नेपालको दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ।
अर्थ सचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सोमबार अर्थ मन्त्रालयका एक कार्यक्रमकाबीच नेपालको ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र विद्युतीय प्रशारण लाईन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो।
१ सय ३० मिलियन अमेरिकी डलर ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रशारण लाईन परियोजनाका लागि खर्च हुने गरी एडीबीले ऋण सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थ सचिव खनालले जानकारी दिए।
एडीबीले नेपालको आर्थिक तथा सामाजिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ। त्यस अवसरमा अर्थ सचिव खनालले नेपालको गरिवी निवारणमा एडीबीले पु¥याएको योगदानको खुलेर प्रशंशा गरेका थिए।