अब चेक बाउन्सका आधारमा कालोसूचीमा नपर्ने

होमल्याण्ड खबर

२०८१ श्रावण ११ गते, शुक्रबार १५:२५ मा प्रकाशित

अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा उक्त व्यवस्था गरिएको हो ।

निर्माण व्यवसायीहरूलाई पनि कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा नराख्ने भएको छ ।

यसभन्दा पहिले चेक बाउन्सका आधारमा नै कालोसूचीमा राखिन्थ्यो ।