मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्याल बयानका लागि अदालत हाजिर

होमल्याण्ड खबर

२०८१ श्रावण १३ गते, आईतवार १५:०२ मा प्रकाशित

भ्रष्टाचारको अभियोगमा मुद्दा दायरपछि मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्याल बयानका लागि विशेष अदालत पुगेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी बयान दिन पुगेका हुन् ।

अर्यालको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।