११ मंसिर २०८१, मंगलवार
ठमेलमा शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापन गर्न ठमेल पर्यटन विकास परिषद्ले २० सुरक्षा गार्ड परिचालन गरेको छ । दिवा र रात्रीकालीन समयमा गरेर २० जना सुरक्षागार्डले ठमेल वरपर गस्ती गर्ने परिषद्का अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए ।
उनका अनुसार दिनमा १२ जना र रातमा ८ जना सुरक्षाकर्मी परिचालन हुनेछन् । तीन जना महिला सुरक्षा गार्ड रहेका छन् । ठमेलको ११(१२ वटा नाकामा सुरक्षागार्ड परिचालन हुनेछन् ।
बिहान ९ देखि बेलुका ९ बजेसम्म र भोलिपल्टको बिहान ४ बजेसम्म सुरक्षागार्डले गस्ती गर्ने अधिकारीले जानकारी दिए । परिषद्का सुरक्षागार्डले नेपाल प्रहरी र महानगरका प्रहरीसँग समन्वय गरेर काम गर्ने छन्,’ उनले भने ।
आजदेखि ठमेलभित्र सवारीसाधन तथा रिक्साले पिक एण्ड ड्रप गर्नुपर्ने उनले बताए । यसअघि बाटोमा टयाक्सीले बाटा(बाटामा यात्रु खोज्न रोकेर बस्ने गरेका थिए,’ उनले भने,’ अबदेखि कुनै पनि सवारीसाधन बाटामा रोकेर बस्न पाउँदैनन् ।‘
अध्यक्ष अधिकारीले स्वदेशी तथा विदेशी पर्यटक दुःख दिने व्यवसायीलाई परिषद्का गार्डले रोक्ने र त्यस्ता गतिविधि गर्नेलाई नेपाल प्रहरीको जिम्मा लगाइने बताए ।