११ मंसिर २०८१, मंगलवार
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-५ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । यम कुमारी आलेको घरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा २१ वर्षीय कबिर देउलासमेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ११ हजार रुपैयाँ र १३ वटा ओखरसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।