९ मंसिर २०८१, आईतवार
सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । आज सुनको मुल्य पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँ थियो । यसअघि सुनको मुल्य यही साउन २ गते अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार आठ सय रुपैयाँसम्म पुगेको थियो ।
आज चाँदीको मुल्य भने पाँच रुपैयाँ घटेर तोलाको एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।