११ मंसिर २०८१, मंगलवार
ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिक एक पुरुषको शव भेटिएको छ ।
प्रहरीका अनुसार वडा कार्यालय नजिक बागमती नदीमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो ।
उनको पहिचान खुल्न सकेको छैन । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बागमती नदीले कतैबाट बगाएर त्यहाँ शव पुगेको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाको अनुसन्धान भइरहेको छ ।