९ मंसिर २०८१, आईतवार
उच्च मूल्यमा कारोबार भईरहेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाँ घटेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार सुनको मुल्य हालसम्मकै उच्च तोलामा १ लाख ४९ हजार ९ सय रुपैयाँ रहेकोमा आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको छ ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९५ रुपैयाँ रहेको चाँदी आज १७८५ रुपैयाँ कायम भएको छ ।