३० कार्तिक २०८१, शुक्रबार
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । आरक्षण र कोटा प्रणालीको विरोधमा ढाकामा जारी तनावबीच हसिनाले राजीनामा दिएकी हुन् ।
सरकारी जागिरमा देशको स्वतन्त्रताका लागि लडेका सेनाका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरोधमा विद्यार्थीहरू ढाकालगायत विभिन्न सहर र विश्वविद्यालयहरूमा विगत एक महिनादेखि आन्दोलित छन् । सन् १९७१ मा पाकिस्तानसँग छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका परिवारका छोराछोरीलाई विशेष आरक्षण दिने सरकारले नीति ल्याएको थियो। बंगलादेशमा पहिलो र दोस्रो श्रेणीको सरकारी जागिरका लागि मेरिटका आधारमा हुन्छ। बाँकी ५६ प्रतिशत आरक्षणमा छुट्ट्याइएको हो। ३० प्रतिशत स्वन्त्रताका लागि लडेका व्यक्तिका छोराछोरीका लागि छुट्ट्याउँदा, १० प्रतिशत महिला, १० प्रतिशत पिछडिएको जिल्ला, ५ प्रतिशत अल्पसंख्यक समुदाय र एक प्रतिशत अपांगता भएका व्यक्तिहरूका लागि छुट्ट्याइएको छ।
प्रदर्शनकारीहरूले अन्य आरक्षणमा आफूहरूको विमति नभए पनि विशेष व्यक्तिहरूका लागि छुट्ट्याइएको ३० प्रतिशत आरक्षणमा भने असहमति भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन्। यसरी प्रदर्शन गर्दा सरकारले पनि जबाफी कारबाही गरेको छ । सयौं विद्यार्थीको मृत्यु भएको छ । तनाव बढेपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरु हवाइ र स्थलमार्गबाट नेपाल फर्किसकेका छन् ।