३० कार्तिक २०८१, शुक्रबार
सोमबार बस्न नसकेको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्दै छ ।
सोमबार बस्ने भनिएको बैठक गृहकार्य नपुगेका भन्दै मंगलबार सम्मका लागि स्थगित गरिएको हो ।
बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।