९ मंसिर २०८१, आईतवार
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य सामान्य घट्दै तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।