३४ तोला सुन र १० तोला चाँदीसहित चार जना पक्राउ

होमल्याण्ड खबर

२०८१ भाद्र ११ गते, मंगलवार १२:१९ मा प्रकाशित

नेपालगञ्जमा रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चारजनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार सुनचाँदी पसलका सञ्चालक फरार छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

बर्दियाका एकजना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा सोधपुछ गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ । ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र  बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । रासस