१३ मंसिर २०८१, बिहीबार
सार्क शिखर सम्मेलन र बिम्स्टेक शिखर सम्मेलनका बेलाझै काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू भएको छ । आज बिजोर प्रणालीका गाडीहरु गुडन पाउन भएका छन् ।
सडकको दुरावस्था तथा जामका कारण सास्ती भौग्दै आएका काठमाडौंका यात्रुहरुले हैरानी खेप्नुपर्ने निश्चित छ । एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइएनजिओ)को कार्यक्रमको लागि भनेर सरकारले यात्रुलाई दुःख दिने गरि जोर विजोर प्रणाली लागु गरिएको हो ।
क्रिस्चीयन धर्मप्रचारक संस्था भनेर आरोप लाग्ने गरेको संस्था युनिभर्सल पिस फेडेरेसन युपिएफ आयोजक रहेको कार्यक्रममका लागि यस्तो प्रणाली लागु गरिएको हो ।
एशिया प्याशिफिक समिट नाम दिइएको यस कार्यक्रमका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको हो । गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले आजदेखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन् ।