३० कार्तिक २०८१, शुक्रबार
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आजदेखि अनशन बस्ने भएका छन्। उनले आज अपराह्न ४ बजे आमरण अनशन सुरु गर्ने भएका हुन्।
आफ्नो कार्यकालमा घोषणा भएका योजना तथा कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै पूर्व मुख्यमन्त्री कार्की आमरण अनशन बस्न लागेका हुन्।
उनले गत आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घण्टे अल्टिमेटम दिँदै ध्यानाकर्षण पत्र पठाएका थिए।
आज ४ बजे उनले दिएको समय समाप्त हुने भएकाले त्यही समयदेखि उनी आमरण अनशन लागेका हुन्।
उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने घोषणा गरेका छन्।
आफ्नो माग पूरा नभएसम्म प्राण त्याग्न पनि तयार रहेको, तर अनशनबाट पछि नहट्ने कार्कीको भनाई छ।