१० मंसिर २०८१, सोमबार
नेपाल वायुसेवा निगमको वाइड बडी ३३० विमान काठमाडौं आइपुगेको छ । मर्मतका लागि असार ९ गते इटाली लगिएको ९ एन–एएलवाई अन्नपूर्ण विमान नियमित सी चेक मर्मतपछि साढे दुई महिनापछि आज बिहान काठमाडौं आइपुगेको हो ।
पाँच जना चालक दलका सदस्यसहित इटालीको नेपल्सबाट आएको विमानले आजै साँझदेखि नियमित उडान गर्ने तालिका बनाइएको छ । निगमले लामो दूरीका जापानको नारिता लगायत स्थानमा उडान नियमित हुने जनाएको छ । निगमका ठूला चारमध्ये अब तीन वटा विमानले नियमित सेवा दिनेछन् ।