१० मंसिर २०८१, सोमबार
झापाको अर्जुनधारा नगरपालिका–९ मा पूजाको प्रसाद खाँदा ६० भन्दा बढी बिरामी भएका छन् । स्थानीय रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् ।
अर्जुनधारा नगरपालिका–९ को खरबन्दीकी निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो । पूजामा गएर प्रसाद खाने ६० भन्दा जना भन्दा बिरामी भएको वडाध्यक्ष भीष्म मिश्रले बताए । पूजामा गएकाहरूले सब्जी र रोटी अचार खाएका थिए ।
सब्जी अचार र रोटी खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ । केहीलाई ज्वरो समेत आएको अध्यक्ष मिश्रले बताए । बिरामी भएकाहरूलाई स्थानीय क्लिनिकहरूमा राखिएको छ । पूजाको प्रसादमा फुड पोइजनिङ हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।