सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउँदै

होमल्याण्ड खबर

२०८१ भाद्र ३१ गते, सोमबार १३:०३ मा प्रकाशित

सुदूरपश्चिम प्रदेश सरकारले आज चालू आर्थिक वर्षको बजेट ल्याउने भएको छ । दुई महिनादेखि सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यतामा छ ।

प्रदेशसभा बैठकको कार्यक्रमअनुसार आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यसअघि मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेशसभामा पेश गरेको बजेटसम्बन्धी विधेयक फिर्ता लिएपछि वर्तमान सरकारले तयार गरेको नयाँ बजेट टेबल गर्नुहुनेछ । बजेट टेबल गरिसकेपछि मन्त्री थापाले चालू आर्थिक वर्षका लागि बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।

यसअघि दीर्घबहादुर सोडारी नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट छलफलमै जान नसकेर अलपत्र परेको थियो । सोडारी नेतृत्वको सरकार ढलेपछि साउन २१ मा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकार गठन भएको छ । यही सरकारले नयाँ बजेट ल्याउन लागेको हो ।