८ मंसिर २०८१, शनिबार
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले घटेको छ । आज शेयर ०.१५ प्रतिशतले घट्ता २५७६.७६ विन्दुमा पुगेको छ ।
शेयर घट्दा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच भएको छ । आज ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३२० वटा कम्पनीको शेयर ८० हजार ३७८ पटक किनबेच भएको छ । यस्तै ४ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ भने २ वटा कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
आज १३ वटा समूहमध्ये २ वटा समूह शेयर बढेको छ भने बाँकी ११ वटा समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह २.६१ प्रतिशतले घटेर ३ हजार २४.९० विन्दुमा पुगेको छ । आज सबैभन्दा घटी विकास बैंक ०.१२ प्रतिशतले घटेर ५ हजार ८७.५३ विन्दुमा पुगेको छ । साथै होटल एण्ड टुरिजम समूह ०.१२ प्रतिशतले घटेर ६ हजार ४०४.०७ विन्दुमा पुगेको छ ।
त्यस्तै, हाइड्रोपावर समूह ०.१७ प्रतिशतले, लगानी समूह ०.४५ प्रतिशतले, जीवन बीमा ०.३१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८२ प्रतिशतले, लघुवित्त १.०७ प्रतिशतले, म्युचुअल फण्ड ०.८३ प्रतिशतले, अन्य समूह ०.६३ प्रतिशतले र ट्रेडिङ समूह ०.५७ प्रतिशतले घटेको छ ।
आज बैङ्किङ समूह ०.७८ प्रतिशतले बढेर १ हजार ४६२.४२ विन्दुमा पुगेको छ भने निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेर १२ हजार ९५०.६२ विन्दुमा पुगेको छ ।