१५ बैशाख २०८३, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सबै विचार, समुदाय, भूगोल, लिङ्ग, जाती र धर्मका भावनालाई संविधानले संरक्षण गरेको बताए ।


संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै ओलीले जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सन नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ। यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ ।’