टुँडिखेलमा मनाइयो संविधान दिवस (तस्वीरहरू)

होमल्याण्ड खबर

२०८१ आश्विन ३ गते, बिहीबार १३:५८ मा प्रकाशित

संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

समारोहमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो। साथै राष्ट्रपति पौडेललाई नेपाली सेनाले सम्मानस्वरूप गार्ड अफ अनरसमेत प्रदान गरेको थियो।

तस्बिरहरु :