सुकीलाई स्वागत स्थानीयलाई सास्ती

होमल्याण्ड खबर

२०७५ मंसिर १३ गते, बिहीबार १६:५० मा प्रकाशित

म्यानमारकी विदेश मन्त्री आङ सान सुकी २ दिने बसाइमा काठमाडौंमा रहने क्रममा म्यानमारको राजदुतावास निरीक्षण गरेकी छन् ।
सुकीको केही मिनेटको निरीक्षणका क्रममा धोवीघाट स्थित राजदुतावास आसवास दिनभरि आवागमन अस्त व्यास्त बन्यो । स्थानियका अनुसार बिहान १० बजे अधिदेखि नै
सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले धोवीघाटका भित्री सडकमा पनि पार्किङ गर्न रोक लगाए पछि स्थानिय आक्रोसित देखिएका थिए । सुरक्षाका लागि खटिएको जनपथ प्रहरी, सशश्त्र बल तथा नेपाली सेनाको बाक्लो उपस्थिति गराइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सुकी नेपाल आएकी हुन् ।

परराष्ट्र मन्त्रालयले उनको भ्रमणलाई औपचारिक सद्भावना भ्रमण भनेको छ । उनी काठमाडौंमा हुँदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुनेछिन् ।

मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ ।
यसअघि सन् २०१४ मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सुकी नेपाल आएकी थिइन् । २०१५ मा भएको आमनिर्वाचनमा सुकीको पार्टी सत्तामा आएपछि सुकी पहिलो पटक नेपाल आउन लागेकी हुन् ।

पछिल्लो समय म्यानमारका रोहिंग्या समुदायमाथि भएको सरकारी दमनको विरोध नगरेको भन्दै सुकीको आलोचना भइरहेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमासुकीलाई रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।