३० कार्तिक २०८१, शुक्रबार
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणको विषयमा थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा जाने भएको छ ।
सीआईबीका अनुसन्धान अधिकारी मंगलबार नै पोखरा जान लागेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परेका थिए । काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई सोही दिन पोखरा लगिएको थियो ।
जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सोमबार अनुमति दिएको छ।
अदालतको अनुमतिपछि प्रहरीले उनीसँग मंगलबारदेखि नै बयान लिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।