सुनको मुल्य नयाँ रेकर्ड कायम, १ लाख ६० हजार नाध्यो

होमल्याण्ड खबर

२०८१ आश्विन ९ गते, बुधबार ११:३२ मा प्रकाशित

काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपियाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि नयाँ रेकर्ड हो ।