१० मंसिर २०८१, सोमबार
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०– ८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।