सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

होमल्याण्ड खबर

२०८१ आश्विन १४ गते, सोमबार ११:३३ मा प्रकाशित

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।