सुनको मुल्य तोलामा सामान्य गिरावट

होमल्याण्ड खबर

२०८१ आश्विन १५ गते, मंगलवार ११:०० मा प्रकाशित

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन मंगलबार घटेर तोलामा १ लाख ६० हजार रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार १७५ रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ९२५ रुपैयाँ कायम भएको हो ।