९ मंसिर २०८१, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको निरीक्षण गर्नुभएको छ ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मङ्गलबार सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर निरीक्षण गर्नुभएको हो । अविरल वर्षा र बाढीका कारण पार्टी कार्यालयको भुइँतला पूर्णत डुबेको थियो । बाढीबाट उक्त तलमा राखिएका उपकरण र अन्य महत्त्वपूर्ण सामग्री नष्ट भएका छन् । हाल उक्त स्थानमा सरसफाइ सुरु भएको छ ।