साढे ४ प्रतिशतले बढ्यो नेप्से, परिसूचक २६२३ बिन्दुमा

होमल्याण्ड खबर

२०८१ आश्विन १५ गते, मंगलवार १६:०३ मा प्रकाशित

मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ ।

\नेप्से ४.५७ प्रतिशत (११४.७० अंक)ले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि सोमबारको तुलनामा दोब्बर वृद्धि भएको छ ।

आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार २४३ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रह्यो ।

आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । विशेषगरी फाइनान्स, लगानी उपसमूह, विकास बैंक, जलविद्युत् लगायत उपसमूहमा लगानीकर्ता होमिए ।

मंगलबार १८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । थप १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उचालिएको छ ।