३० भाद्र २०८३, मंगलवार
धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ। १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहि बेर अघि दुइतर्फी संचालनमा आएको हो।
यसअघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएपनि केहीबेर अघिबाट मात्र सडक खुलेको हाे।


सडक बन्द हुँदा काठमाडौं बाहिरिने सवारी साधन अझै नागढुङ्गामा लामो जाम लागेको थियो। अहिले भने विस्तारै सवारी साधनलाई जान दिइएको छ। प्रहरीले लेन नमिचेर सवारी साधन चलाउन आग्रह गरेको छ।