हनुमानढोकाको दशैंघरमा राखियो जमरा

होमल्याण्ड खबर

२०८१ आश्विन १७ गते, बिहीबार १०:३३ मा प्रकाशित

काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १६ मिनेटको साइतमा जौको जमरा राखिएको हो ।

सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।