९ मंसिर २०८१, आईतवार
माफी मागेपछि सिधा कुराका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त भएका छन् । अदालतको अवहेलना ठहर भएका ढुंगाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए ।
‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।
सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ’फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन÷प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३/३ महिना कैद सजाय सुनाएको थियो ।
लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख भएअनुसार ढुंगाना र कँडेल थुनामुक्त भएका हुन् । क्षमायाचना गरेपछि अदालतबाट पत्र आएसँगै आज बिहान ढुंगाना र कडेल छुटेको केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवालले जानकारी दिए ।