९ मंसिर २०८१, आईतवार
नबिल बैंकले आफ्ना भिसा कार्ड लिने ग्राहकलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड क्यास–ब्याक’ नामक नबिल भिसा कार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना सुरु गरेको छ । यस योजनामा नबिल भिसा कार्ड बोक्ने ग्राहकले १० प्रतिशत नगद फिर्ता पाउनेछन् ।
यस योजना अन्तर्गत कुनै पनि नबिल बैंक भिसा कार्ड वाहक (डेबिट–क्रेडिट–प्रिपेड) ग्राहकले नेपाल भित्रका पीओएसबाट कारोबारको १० प्रतिशत अथवा अधिकतम ५०० रुपैयाँ नगद फिर्ता पाउनेछन् ।
यो योजना मंसिर १४ गतेदेखि पुस १६ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।