९ मंसिर २०८१, आईतवार
एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय पोखरा महानगरपालिका वडा नं २६, बूढीबजार कास्कीस्थित बूढीबजार शाखाको एनआई सी एशिया बंैकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलबाट विहीबार एक समारोहका बीच उद्घाटन भएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको पनि बैकले जनाएको छ ।